असार २६, काठमाडौं । बिहीबारबाट सुरु भएको वर्षा सोमबारसम्म रहने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गर्दा सोमबारसम्म वर्षा रहने भएको हो । मौसमविद् विभूति पोखरेले आगामी सोमबारसम्म यो प्रणालीको प्रभाव रहने भएकाले सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।
मौसमविदका अनुसार यस वर्षको सुरुवातबाट नै अहिलेसम्म धेरै पानी परिसकेकाले जमिन गलीसकेको हुनाले हल्कादेखि मध्यम वर्षाले पनि पहिरो, बाढी र डुबानको जोखिम हुनेछ । विशेष गरी प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुनेछ ।
अहिले सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्