असार २६, काठमाडौं । म्याग्दीमा बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोमा परी हालसम्म दश जनाले ज्यान गुमाइसकेका छन् भने १२ जना बेपत्ता भएका छन् ।
म्याग्दीको मालिका गाउँपालिका ७ बिममा ८ जना र धवलागिरी ७ ताकममा दुई जना गरी दश जनाको ज्यान गएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताएका छन् ।
धवलागिरी ६ मराङमा बाढी पहिरोमा परी १२ जना बेपत्ता भएका छन् । मराङ, बिम र ताकममा गरी ३५ घरधुरीमा क्षति पुगेको र मृतकको पहिचान हुन बाँकी रहेको ढकालले जनाएका छन् ।
अविरल वर्षाका कारण आएको बाढीले बेनी–जोमसोम सडकखण्ड अन्तर्गत गलेश्वरस्थित रघुगंगा खोलाको बेलिब्रिजमा क्षति पुगेको छ । बेलिब्रिजको बस्ती पनि जोखिममा परेको छ ।
प्रतिक्रिया दिनुहोस्