असार २५, काठमाडौं । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका पाँच जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको जनाएको छ ।
तनहुँका ८ जना, पर्वतका १, बागलुङका १ जना, गोरखाका १ जना र नवलपरासी पूर्वका २ जना रहेका छन् ।
संक्रमितहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् र उनीहरुलाई सम्बन्धित जिल्लाको आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ हजार १ सय ६२ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्