Logo

झुक्किएर २८ वटा टेस्ला कार किनेपछि…



Spread the love

२६ असार, एजेन्सी – विश्व बजारमा कारका साैखिनका लागि अहिलेको महत्वपूर्ण विषय बनेको छ भने लोकप्रियतामा पनि टेस्ला अगाडी देखिएको छ । गत हप्ता सबैभन्दा धेरे कार बेचिने कारमा पनि टेस्ला परेको थियो ।

अहिलेको लोकप्रियता हेर्दा विश्वका हरेक धनाढ्यहरूको ग्यारेमा एउटा टेस्ला कार देखिनसक्ने समेत अनुमान गरिएको छ ।

तर, जर्मनीका एक व्यक्तिले एकैपटक २८ वटा टेस्ला कार खरिद गरेका छन् । तर, उनले झुक्किएर त्यसो गरेको बताइएको छ ।

अनलाइनमा अर्डर गर्दा कुनै प्रकारको कन्फर्मेसन म्यासेज आएन र पटक पटक किन्ने बटनमा क्लिक गरिरहे । यो क्रम २८ पटकसम्म दोहोरियो । उनको नाममा २८ वटा टेस्ला कार बुक भए ।

कम्पनिको नियम एउटा कार बुक गरिसकेपछि अर्डर गरिसकेपछि रद्द गर्न मिल्दैन । तर, ति व्यक्तिको २७ वटा अर्डर भने कम्पनिले रद्द गरेको छ ।

एउटा टेस्ला कारको मुल्य एक लाख अमेरिकी डलरसम्म पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्