२५ असार, काठमाडाैं । नेपालमा थप १०८ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
आज संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या ११४ ले कम भएका छन् । आज १०८ जनामा कोरोना देखिएको छ भने १३९जना डिस्चार्ज भएका घर गएका छन् । दिनप्रति दिन डिस्चार्ज हुनेको संख्या ह्यातै बढेको छ । आज संक्रमण भन्दा डिस्चार्ज हुने संख्या ३१ ले बढेको छ ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार ५३१ पुगेकाे छ । यसैगरी अस्पतालबाट ७ हजार ८९१ जना डिस्चार्ज भइसकेका छन् भने ३५ ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्