असार २५, काठमाडाैं । नेपालमा थप १०८ जनामा काेराेना संक्रमण देखिएकाे छ । देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् १०८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार ५३१ पुगेकाे छ । यसैगरी अस्पतालबाट ७ हजार ८९१ जना डिस्चार्ज भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्