असार २५, काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट बहिष्कार गरेकाे छ । संघीय संसद सचिवालयले गिरी सांसद पदबाट हटाइएको जानकारी निर्वाचन आयोगलाई गराइसकेको छ ।
संसद सचिवालयका महासचिव भरतराज गौतमले गिरीलाई पदबाट निकालिएको सूचना दिएका छन् ।
सरिता गिरीले नेपालको नयाँ नक्साको विरोध गरेपछि विवादित भएकी थिइन् । गिरीलाई सांसद पदबाट बहिश्कार गर्नु पर्ने भनी चौतर्फी आवाज उठेको थियो ।
प्रतिक्रिया दिनुहोस्