असार २५, काठमाडौं । सर्लाहीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका ३ का ४२ वर्षीय जादु सहनीको करेन्ट लागेर मृत्यु भएको हो ।
आफ्नै घरमा बुधबार राति मिटरको तारमा प्लग जोड्ने क्रममा सहनीलाई करेन्ट लागेको थियो । उनलाई उपचारको लागि अस्पताल लैजांदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।
सहनीको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्