२५ असार, एजेन्सी । भारतको कानपुरमा आठ प्रहरीको हत्याका मुख्य अभियुक्त विकाश दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको बीबीसी हिन्दीले जानकारी दिएको छ ।
गत १८ असारमा उत्तर प्रदेशको कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका थिए।
बिहिबार बिहान दिकरू गाँउमा बिकास दुबे र उनको समूह रहेको सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो ।प्रहरीको ठुलो टोली गएर पक्राउ गरेको हो ।
आरोपित ‘मोस्टवान्डेट’ सूचीका दुबेलाई मध्य प्रदेशको उज्जैनबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दुबेले सञ्चारमाध्यम र प्रहरीलाई बोलाएर आत्मसमर्पण गरेको बताइएको छ।
प्रहरीले उनीमाथि पाँच लाख भारु इनामसमेत तोकेको थियो भने उत्तर प्रदेश प्रहरीको समूहले उनलाई पछिल्लो ६ दिनदेखि खोजिरहेको थियो ।
प्रतिक्रिया दिनुहोस्