Logo

सर्लाहीमा चट्याङ लाग्दा एक जनाको मृत्यु, २ जना घाइते



Spread the love

असार २५, काठमाडौं । सर्लाहीमा चट्याङ लाग्दा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको वागमती नगरपालिका १० नयाँबस्तीका १८ वर्षीय छोटु पासवानको मृत्यु भएको प्रहरीले बताएको छ ।

यसैगरी पासवानसँगै रोपाइँ गरिरहेका कमलादेवी मुखिया घाइते भएका छन् । चट्याङ लागेपछि दुबैजना बेहोस भएका थिए । उपचारको लागि बरहथातर्फ लैजांदै गर्दा पासवानको मृत्यु भएको छ भने मुखियाको होस आइ घर फर्किएका छन् ।

जिल्लाको बलरा नगरपालिकामा चट्याङ लागेर एक युवक घाइते भएका छन् । बलरा नगरपालिका १ मा बस्ने ३५ वर्षीय बरुण सहनी चट्याङ लागी घाइते भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्