असार २४, काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन मूल्य आजसम्मकै उच्च हो । बुधबार सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसै गरी तेजाबी सुन प्रतितोला ९१ हजार ९ सय ९६ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्