Logo

काठमाडौं उपत्यकामा थप २३ जनामा संक्रमण



Spread the love

असार २४, काठमाडौं । काठमाडौं उपत्यकामा थप २३ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङका क्रममा बुधबार थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएको छ ।

काठमाडौंका १६ जना र ललितपुरका ७ जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा भने संक्रमण भेटिएको छैन ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरु बढिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्