२४ असार, काठमाडाैं । नेपालमा थप २५५ जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा याता नेपालमा थप २५५ जनामा कोरोना संक्रमण मध्य कैलालीमा ३६, रौतहटका ३३, अछामका १७, काठमाडौंमा १६, कास्की, सुर्खेतका १४/१४, डोटी, कञ्चनपुरका १२/१२, झापाका ८,रुकुम पश्चिम, ललितपुरमा ७, चितवन, पाल्पा, दैलेख र अछाममा ५/५, मोरङ, सप्तरी, बझाङमा ४/४, नवलपुर, गुल्मी र सर्लाहीमा ३/३, सुनसरी, इलाम, सिराहा, बैतडी, गोरखा, काभ्रे, रामेछाप, मुगु र डडेलधुराका २/२, तेह्रथुम, सिन्धुपाल्चोक, दोलखा, धादिङ, दाङ, लमजुङ, सर्लाही, बारा, म्याग्दी, प्युठान, कालिकोट, जाजरकोट, दार्चुलामा १/१ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।
याेसँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार ४ सय २३ पुगेकाे छ । यसैगरी हालसम्म ७ हजार ७५२ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ३५ जनाको ज्यान गएको छ ।