असार २४, काठमाडौं । नेपाल एयरलाइन्सका ४ जनामा कोरोना संक्रमण देखिएको छ । एकजना पाइलट र तीन जना कर्मचारी गरी ४ जनामा संक्रमण देखिएको एयरलाइन्सका प्रवत्ता अर्चना खड्काले बताएकी छिन् ।
पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । संक्रमितलाई बलुम्बमा रहेको सशस्त्र प्रहरी अस्पताल लैजानी तयारी गरिंदै छ ।
यसभन्दा अगाडि एयरलाइन्सका नौ जनामा संक्रमण देखिएको थियो । संक्रमितमध्ये तीन जना पाइलट थिए । संक्रमितहरु सशस्त्र प्रहरी अस्पतालमा उपचार गराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्