Logo

आफन्तको कुटाइबाट ३५ वर्षीय युवाको मृत्यु



Spread the love

असार २४, काठमाडौं । आफन्तको कुटाइबाट एक युवकको ज्यान गएको छ । रौतहटको राजदेवी नगरपालिका ६ का ३५ वर्षीय अशोक यादवको आफन्तको कुटाइबाट ज्यान गएको हो ।

अशोक यादव लेनदेनको बारेमा छलफल गर्नका लागि मंगलबार साँझ घर सर्लाहीको बलरा नगरपालिकामा गएका थिए । लेनदेनकै बारेमा कुराकानी हुँदा उनीमाथि कुटपिट भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न सर्लाहीका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्