Logo

चीनमा देखिएकाे बुबोनिक प्लेगमा हाम्रा ध्यान रहेको छ– डब्ल्यूएचओ



Spread the love

एजेन्सी । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) ले चीनमा देखिएको बुबोनिक प्लेगमा सतर्कता देखाएको बताएको छ । डब्ल्यूएचओले हालत अहिले खतरनाक नरहेको पनि बताएको छ ।

विश्व स्वास्थ्य संगठनका एक प्रवत्ताका अनुसार बिमारीबाट ग्रसित व्यक्तिको राम्रोसँग ख्याल गरिएको छ ।

चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एक शहरमा बुबोनिक प्लेगबाट एक जना संक्रमित भएपछि निकै चिन्ता जनाइएको थियो । संक्रमित एक गोठाला हुन् । संक्रमित अहिले क्वारेन्टाइनमा रहेका छन् । उनको स्वास्थ्य अवस्था ठिक रहेको छ ।

कुनै समयमा बुबोनिक प्लेग डरलाग्दो बिमारी थियो तर अहिले यसको उपचार सजिलैसँग हुन्छ ।
मार्मट नामक जनावरको सिकारबाट प्लेग संक्रमण भएको हुनसक्ने बताइएकाे छ । यद्दपि मार्मटकाे सिकार अवैध रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्