Logo

ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनबाट हट्ने औपचारिक कदम सुरु



Spread the love


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ) बाट अमेरिकालाई निकाल्ने औपचारिक प्रक्रिया सुरु गरेका छन् ।

ट्रम्पले मे महिनाको अन्त्यमा नै विश्व स्वास्थ्य संगठनबाट पछि हट्ने घोषणा गरेका थिए । उनले संगठनलाई कोरोना महामारीको दौरानमा चीनको साथ दिएको आरोप लगाएका थिए ।

यूरोपीयन संगठन र अन्य मानिसहरुले ट्रम्पलाई निर्णयमा पुनः विचार गर्न सल्लाह दिएका थिए तर उनले यसलाई अस्वीकार गर्दै डब्ल्यूएचओलाई दिने पैसा अन्य क्षेत्रमा लगाउने बताएका थिए ।

ट्रम्पले संयुक्त राष्ट्र संघ र अमेरिकी संसदमा यस बारेमा सूचना दिइसकेका छन् । यद्यपि अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट हट्नका लागि पुरै एक वर्ष लाग्नेछ ।

नोभेम्बरमा हुन लागेको चुनावमा राष्ट्रपतिको चुनावमा उम्मेदवार जो बिडेनले राष्ट्रपति बनेपछि यस फैसलालाई उल्टाउने बताएका छन् ।

बिडेनले ट्वीट गर्दै भने,‘राष्ट्रपति बनेको पहिलो दिनमै म विश्व स्वास्थ्य संगठनको सदस्य बन्नेछु र अन्तरराष्ट्रिय स्तरमा आफ्नो नेतृत्व सम्हाल्नेछु ।’

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई अन्य राष्ट्रले भन्दा धेरै अनुदान दिने गर्दछ । अमेरिकाले सन् २०१९ मा डब्ल्यूएचओलाई ४० करोड डलर दिएको थियो जुन उसको कुल बजेटको १५ प्रतिशत हिस्सा हो ।

प्रतिक्रिया दिनुहोस्