एजेन्सी । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो कोरोना संक्रमित भएका छन् । उनले सोमबार उच्च ज्वरो आएपछि परीक्षण गरेका थिए ।
बोल्सोनारोले पत्रकार सम्मेलन गरी कोरोना संक्रमण भएको जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा सामाजिक दूरीको पालना नगरिएको भनी ब्राजिलमा सामाजिक सञ्चालमा निकै आलोचना भएको छ ।
बाेल्साेनाराेले कोरोना भाइरसलाई हेल्चक्राइँ गरेको भनी निकै विवादमा आएका थिए ।
ब्राजिलमा कोरोना भाइरसबाट १६ लाख ६८ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ६६ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्