असार २४, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँ बढेर ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्