एजेन्सी । दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ लाख नाघेको छ ।
दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री जवेली मखिजका अनुसार चार प्रान्तमा संक्रमण धेरै देखिएको छ । दक्षिण अफ्रिकामा हरेक दिन हजारौँ संक्रमित थपिएका छन् ।
स्वास्थ्यमन्त्रीले देशमा लकडाउन नगरे झन् थपिने बताएका छन् । यद्यपि दक्षिण अफ्रिकामा लकडाउन खुकुलो बनाउने प्रक्रिया चलिरहेको छ । हालचाल सरकारले स्कुल खोल्ने निर्णय पनि गरेको छ ।
हालसम्म साउथ अफ्रिकामा कोरोना भाइरसबाट २ लाख ५ हजार ७२१ जना संक्रमित भएका छन् भने ३,३१० जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्