Logo

काठमाडौं उपत्यकामा थप २८ जनामा संक्रमण



Spread the love
प्रतीकात्मक तस्वीर

असार २३, काठमाडौं । काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । हिजोको तुलनामा भने कम देखिएको हो । पछिल्लो समयमा उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४ जना, ललितपुरमा १० जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार १ सय ६८ पुगेकाे छ भने ३५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्