२३ असार, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार २८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा याता काठमाडौं जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १६ हजार १ सय ६८ पुगेकाे छ । यसै गरी अस्पतालबाट डिस्चार्ज हुनेहरूकाे संख्या ७ हजार ४ सय ९९ रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्