असार २३, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोलामा ९० हजार २ सयमा कारोबार भइरहेको सुनको मूल्य बढेर प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी तेजाबी सुन प्रतितोला ९० हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । सुनकाे मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँ बढेर ९ सय ५० रुपैयामा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्