२२ असार, काठमाडाैं । आज थप नेपालमा थप १८० जनामा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता १८० जना संक्रमण भएका मध्य काठमाडौंका २४, ललितपुरका २०, लमजुङका ११, भक्तपुरका १०, सप्तरी, कैलाली, र कास्कीका ८/८ जना, गोरखाका ७, बाग्लुङ, सर्लाही र रौतहटका ६/६ जना, सिन्धुपाल्चोक, नवलपरासी, मकवानपुर, डडेलधुरा, झापाका ५/५ प्युठान र काभ्रेका ४/४ जना, ओखलढुंगा, खोटाङ, चितवन र पाल्पाका ३/३ जना, सिराहा, सुनसरी, दोलखा, सिन्धुली र दाङका २/२ नुवाकोट, चितवन, बारा, जाजरकोट, जुम्ला, धादिङ, नवलपुर, संखुवासभा, ताप्लेजुङ, अर्घाखाँची र उदयपुरका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
आज संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै रहेको छ । आज १८० जनामा कोरोना देखिएको छ भने २६४ जना डिस्चार्ज भएका छन् ।
यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १५९६४ पुगेकाे छ । यसैगरी अस्पतालबाट डिस्चार्ज हुनेहरूकाे संख्या ६८११ रहेकाे छ । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ ।