Logo

मास्क नलगाइ घरबाहिर निस्किए पक्राउ परिने



Spread the love

असार २२, काठमाडौं । अबदेखि मास्क बिना घरबाहिर निस्किए पक्राउ परिनेछ । गृह मन्त्रालयले बिना मास्क घरबाहिर निस्कनेलाई पक्राउ गर्नका लागि प्रहरीलाई निर्देशन दिएको हो ।

गृह प्रवक्ता केदारनाथ शर्माले असार १ गते सरकारले निर्देशन जारी गरेको तर कार्यान्वयन नभएकाले पुनः सम्झाएको बताएका छन् ।

शर्माले सामाजिक दूरी पनि कायम नभएको बताएका छन् । शर्माले नियम अवज्ञा गर्नेलाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गरिने जनाएका छन् । शर्माले प्रस्तुत नियम सोमबारदेखि नै लागू भइसकेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्