असार २२, काठमाडौं । दैलेखमा जनप्रतिनिध र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाका जनप्रतिनिधि र कर्मचारी गरी नौ जनामा संक्रमण भेटिएको जिल्ला अस्पतालले जनाएको छ ।
संक्रमितहरुमध्ये दुई जना जनप्रतिनिधि र सात जना कर्मचारी रहेका छन् । जिल्ला अस्पतालका अनुसार संक्रमित हुनेमा एक जना वडाध्यक्ष र एक जना महिला जनप्रतिनिधि छन् र बाँकी सात जना कर्मचारी रहेका छन् ।
संम्पूर्ण संक्रमितहरुलाई आइसोलेशनमा राखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका जनप्रतिनिधि र कर्मचारी गरी ४८ जनाको कोरोना परीक्षण गरेको थियो । जसमा नौ जनामा संक्रमण देखा परेको हो ।
प्रतिक्रिया दिनुहोस्