असार २२, काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका १९ कुर्थामा बस्ने वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने भारतीय नागरिक भएको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गर्दै कंचनको हत्या भारतका ३२ वर्षीय दिपु सिंहले गरेको बताएको छ । दिपुले बालिकाको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका छन् ।
११ वर्षीय कञ्चन कुमारी पजियारको गएको बुधबार बलात्कार भएको थियो । दुई दिनपछि उनको शव घरभन्दा एक किलोमिटर टाढा दुधमति नदीको छेउमा फेला परेको थियो ।
गाउँको चौधरी र मिश्र उद्योगमा बिगत ४/५ महिनादेखि काम गर्दै आइरहेका सिंहले भैंसी चराइरहेकी कञ्चनलाई आँप दिने प्रलोभन देखाइ आफूसँग लगेको बताइएको छ । सिंहले उद्योगको पछाडिपट्टि रहेको आँप बँगैचामा बलात्कार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्