Logo

कोरोना भाइरस हावाबाट फैलिन सक्ने



Spread the love

एजेन्सी । वैज्ञानिकहरुले हावाको माध्यमबाट कोरोना भाइरस सर्न सक्ने बताएका छन् । न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरुले हावाको सानो कणमा भएका कोरोना भाइरसले मानिसमा संक्रमित गराउन सक्दछ ।

वैज्ञानिकहरुले यस कुरामा सबुत मिलेको र विश्व स्वास्थ्य संगठनलाई यस बिमारीसँग जोडिएका दिशानिर्देशलाई संशोधन गर्नका लागि माग राखेका छन् । ३२ देशका २३९ वैज्ञानिकहरुले यस कुरालाई प्रमाणित गर्नका लागि सबुत दिएका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विशेष गरी एक व्यक्तिबाट अर्को व्यक्तिमा हाँछ्यु गर्दा अथवा खोक्दा फैलिने बताएको थियो ।

न्यूयोर्क टाइम्सका अनुसार वैज्ञानिकहरुले हाँछ्यु गरेपछि हावामा टाढासम्म जाने साना वा ठुला थोपाहरु एक ठाउँमा जम्मा हुन सक्छन्, जसले व्यक्तिमा संक्रमण फैलाउन सक्छ । विश्व स्वास्थ्य संगठनले शोधकर्ताले दिएको प्रमाण पर्याप्त नभएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्