असार २२, काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको वान टु वान वार्ता सकिएको छ ।
स्रोतले दुईबीच सकारात्मक छलफल भएको बताएको छ ।
‘बैठक वान टु वान बस्नु आवश्यक थियो । नेकपाका दुई अध्यक्षबीच छलफल गर्ने वातावरण सहज भएको छ ।’ स्राेतले भन्याे ।
पछिल्लो समयमा नेकपामा विवाद चुलिंदै गइरहेको छ । प्रचण्ड र ओलीबीच आइतबार पनि भेटबार्ता भएको थियो । उक्त भेटवार्तामा दुबै पक्षका नेताहरु राखेर अनौपचारिक कार्यदल बनाइएको वालुवाटारले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्