Logo

रुसलाई उछिन्दै भारत संसारकै ३ नम्बर सुचिमा, भारतमा कोरोनाको संक्रमणतिर झन् तीव्र



Spread the love

एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

पछिल्लो समय भारत एसियामा सबै भन्दा धेरै कोरोना संक्रमण भएको देश हो भने विश्वभर सबै भन्दा धेरै कोरोना संक्रमण भएको देश अमेरिका छ भने दोस्रोमा ब्राजिलमा , तेस्रोमा भरात परेको छ । चौथोमा रुस रहेको छ । गत सातासम्म सामान्य रहेको भरात केहि दिन यता ब्यापक बन्दै गैरहेको छ भने अरु देशमा कोरोना संक्रमण घटेको छ भने भारतमा दिन प्रति दिन झन् जोखिम हुँदै आएको छ ।

भारतमा बितेको २४ घण्टामा ४ सय २१ जनाले ज्यान गुमाएका छन् भने २३ हजार बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुन ५ तारिखमा मात्रै भारतमा ६ सय १० जनाले कोरोनाको कारण कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा यो संख्या घटेको हो । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको तेश्रो स्थानमा उक्लिएको छ ।

अहिलेसम्म भारतमा ६ लाख ९७ हजार भन्दा बढीमा संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण १९ हजार ७ सय जनाको मृत्यु भइसकेको छ । ४ लाख २४ हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्