२१ असार, काठमाडाैं । २४ घण्टा यता देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् २९३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
२४ घण्टा यता संक्रमण भएका मध्य कञ्चनपुरमा ३२, रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७/२७, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२/१२ जना र प्युठानका ११,डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७/७, बर्दियाका ५, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४/४, डोटीका ३, ताप्लेजुङ, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २/२, पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तपुर, सल्यान, इलाम, म्याग्दी, धादिङ, बाग्लुङ, लजजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा १ /१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।