Logo

ढलबाट कोरोना भाइरस फैलिएको छैन– डा. जागेश्वर गौतम



Spread the love

असार २१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीबाट कोरोना भाइरसको संक्रमण फैलिएको पुष्टि नभएको बताएका छन् ।

आइतबार मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले ढलको पानीमा भाइरस केही दिनसम्म जीवित हुन सक्ने बताएका छन् । उनले त्यस्ता ठाउँमा काम गर्दा सुरक्षा अपनाउन पनि आग्रह गरेका छन् ।

गौतमका अनुसार ढलको पानीमा भाइरस भेटिएपनि यसबाट भाइरस सर्ने वा नसर्ने भन्ने बारेमा अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्