Logo

काठमाडौं उपत्यकामा थप ३० जना संक्रमित



Spread the love

असार २१, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमध्ये सबैभन्दा धेरै काठमाडौंमा भेटिएका छन् । काठमाडौंमा २७ जना, भक्तपुरमा १ जना र ललितपुरमा २ जना गरी ३० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो समयमा उपत्यकामा संक्रमण बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयले सामाजिक दूरी कायम गर्न, अनावश्यक रुपमा बाहिर ननिस्कन र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्