एजेन्सी । ल्याटिन अमेरिकन देश मेक्सिकोमा कोरोना भाइरसबाट मर्नेहरुको संख्या ३० हजारभन्दा धेरै पुगेको छ । पछिल्लो समयमा ल्याटिन अमेरिकन देशमा कोरोनाको केन्द्र बनिरहेको छ ।
म्याक्सिकोमा हालसम्म २ लाख ५२ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ३०, ३६६ जनाले ज्यान गुमाइसकेका छन् ।
कोरोना भाइरसबाट धेरै मर्नेहरुको देशको सूचिमा मेक्सिको पाँचौ स्थानमा रहेको छ । मेक्सिकोले फ्रान्सलाई पनि उछिनेको छ ।
धेरैले मेक्सिकोमा टेस्टिङ पर्याप्त नभएको बताउँदै संक्रमित र मर्नेहरुको संख्या धेरै हुनसक्ने अनुमान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्