Logo

भारतमा कोरोना कहर बढ्दै



Spread the love

एजेन्सी । भारतमा कोरोना भाइरसको कहर बढ्दै गएको छ । बितेको २४ घण्टामा भारतमा २४,८५० जना संक्रमित भएका छन् भने ६१३ जनाको ज्यान गएको छ ।

हालसम्म भारतमा कोरोना भाइरसबाट ६ लाख ७३ हजार १६५ जना संक्रमित भएका छन् भने १९,६२८ जनाको ज्यान गइसकेको छ । ४ लाख ९ हजारभन्दा धेरै निको भइ घर फर्केका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या २ लाखभन्दा धेरै रहेका छन् । महाराष्ट्र प्रदेशमा ८६७१ जनाले ज्यान गुमाइसकेका छन् ।

चार जुलाइसम्म भारतमा ९७,८९,०६६ नमुना परीक्षा भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्