असार २१, काठमाडौं । सर्लाहीमा एक मोटरसाइकलले एकैपटक पाँच जनालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्लाको बरहथवा नगरपालिका ११ दियरमा हिरापुरबाट हरकठवातिर जाँदै गरेको ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले बाटोको छेउमा बसिरहेका पाँच जनालाई एकैसाथ ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार १४ वर्षीय जुगल मुखियाको घटनास्थलमै मृत्यु भएको छ । ३५ वर्षीय सुरेन्द्र महता, ३५ वर्षीय शम्भु मुखिया, २२ वर्षीय श्रवण मुखिया र ३२ वर्षीय देवेन्द्र पासवान घाइते भएका छन् । घाइतेहरुको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्