असार २१, काठमाडौं । बागलुङको क्वारेन्टाइनमा एक युवकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका २ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी गराएको छ ।
उनी केही समयअगि भारतबाट आइ ढोरपाटन नगरपालिका ४ खुंगास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका थिए । उनको आइतबार बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताएका छन् ।
विक मृगौलासम्बन्धी रोगबाट पीडित थिए । उनको पीसीआर रिपोर्ट अझै आएको छैन । रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा. मल्ले बताएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्