Logo

धारिलो हतियार प्रयोग गरी हत्या, हत्यारा फरार



Spread the love
प्रतीकात्मक तस्वीर

असार २१, काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ मा बसोबास गरिरहेका अन्दाजी ५० वर्षीय गोपाल कुँवरको हत्या उनकै छिमेकी ३५ वर्षीय गौरब खड्काले धारिलो हतियार प्रयोग गरी हत्या गरेको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताएका छन् ।

हत्यापछि हत्यारा गौरब खड्का फरार भएका छन् । फरार रहेका खड्काको खोजीकार्य भइरहेको छ । उपरीक्षक थापाका अनुसार घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

के कारणले हत्या भएको हो सो कुराको छानबिन भइरहेको पनि थापाले बताएका छन् । हत्या रातिको १० बजेतिर भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्