Logo

हालसम्म कुन प्रदेशमा कति संक्रमित थपिए ?



Spread the love


२१ असार , काठमाडौं । हिजो २३२ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १५ हजार ४ सय ९१ पुगेको छ ।

हिजो थप २७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । २४ घण्टामा थप २३२ जनामा काेराेना संक्रमण देखिएका मध्य अछामका ३७ र सप्तरीका ३६, सिराहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२, गुल्मीका ९, नवलपुर ७ र प्युठान, मोरङ, कञ्चनपुर र चितवनका ६/६, बाँके र झापाका ५/५ जना, रुपन्देही र नवलपरासीका ४/४ जना, बाग्लुङ, म्यादी, डडेलधुरा र डोटीका ३/३ जना, प्युठान र रोल्पाका २/२ दैलेख, इलाम, स्याङजा र तनहुँका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १५ हजार ४ सय ९१ पुगेकाे छ । हालसम्म नेपालमा ६ हजार ४ सय १५ जना काेराेना संक्रमित अस्पतालबाट निकाे भइसकेका छन् । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ ।

नेपालमा सबै भन्दा धेरै कोरोना संक्रमण भएको प्रदेश २ नम्बर पहिलो छ भने ५ नम्बर प्रदेश त्यसपछि रहेको छ ।

कुन प्रदेशमा कति संक्रमित ?
१.प्रदेश १ः ६३२
२.प्रदेश २ः ४,२९५
३.वागमती प्रदेशः ४९३
४. गण्डकी प्रदेशः १,०७५
५.प्रदेश ५ः ४,११७
६.कर्णाली प्रदेशः १,५७०
७. सुदूरपश्चिम प्रदेशः ३,५४४

प्रतिक्रिया दिनुहोस्