Logo

२४ घण्टा यता कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

२० असार, काठमाडाैं । नेपालमा थप २३२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज थप २७ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

 २४ घण्टामा थप २३२ जनामा काेराेना संक्रमण देखिएका मध्य अछामका ३७ र सप्तरीका ३६, सिराहाका २१, पाल्पाका १९, सर्लाहीका १६, धनुषाका १५, सिन्धुपाल्चोकका १२, गुल्मीका ९, नवलपुर ७ र प्युठान, मोरङ, कञ्चनपुर र चितवनका ६/६, बाँके र झापाका ५/५ जना, रुपन्देही र नवलपरासीका ४/४ जना, बाग्लुङ, म्यादी, डडेलधुरा र डोटीका ३/३ जना, प्युठान र रोल्पाका २/२ दैलेख, इलाम, स्याङजा र तनहुँका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

आज संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या धेरै रहेको छ । आज २३२ जनामा कोरोना देखिएको छ भने २७२ जना डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा काेराेना भाइरसबाट संक्रमित हुनेहरूकाे संख्या १५ हजार ४ सय ९१ पुगेकाे छ । हालसम्म नेपालमा ६ हजार ४ सय १५ जना काेराेना संक्रमित अस्पतालबाट निकाे भइसकेका छन् । उनीहरुमध्ये ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्