असार २०, काठमाडौं । नेपालमा थप दुई जनाको कोरोना भाइरसबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गोरखा पालुङटारका युवा असार १७ गते कतारबाट आएका थिए । उनी मधुमेहका पनि बिरामी थिए । असार १९ गते अस्पतालमा भर्ना भएका ती युवाको आज बिहान मृत्यु भएको हो ।
कोरोनाबाट ज्यान जाने अर्का व्यक्ति रुपन्देहीको देवदह नगरपालिकाका हुन् । उनले काठमाडौंको शिक्षण अस्पतालमा उपचार गराइरहेका थिए ।
यससँगै नेपालमा काेराेना भाइरसबाट मर्नेहरूकाे संख्या ३४ पुगेकाे छ ।
प्रतिक्रिया दिनुहोस्