२० असार , काठमाडौं । हिजो ७४० जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
यसका साथै हालसम्म ६ हजार १ सय ४३ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
नेपालमा सबै भन्दा धेरै कोरोना संक्रमण भएको प्रदेश २ नम्बर पहिलो छ भने ५ नम्बर प्रदेश त्यसपछि रहेको छ ।
कुन प्रदेशमा कति संक्रमित ?
१.प्रदेश १ः ६२१
२.प्रदेश २ः ४,२०९
३.वागमती प्रदेशः ४७५
४. गण्डकी प्रदेशः १,०६३
५.प्रदेश ५ः ४,०६३
६.कर्णाली प्रदेशः १,५६९
७. सुदूरपश्चिम प्रदेशः ३,४९२
प्रतिक्रिया दिनुहोस्