असार २०, काठमाडौं । बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लागेर आठ वर्षीय बालकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
नगरपालिका १० मा रहेको पाण्डुसैनको भैँसीखर्कमा बसिरहेका बेलामा चट्याङ लागी आठ वर्षीय दिपेश बोहराको घटनास्थलमा ज्यान गएको छ भने दिपेशकै ठुलाबुवा ४५ वर्षीय सौउरे बोहरा गम्भीर घाइते भएको इन्द्र बोहराले जानकारी दिएका छन् ।
अहिले प्रहरी घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्