असार २०, काठमाडौं । कान्ति अस्पतालमा उपचार गराइरहेका १३ महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।
संक्रमित भएका शिशुलाई असार १४ मा अस्पतालमा भर्ना गरिएको थियो । उनमा कोरोना संक्रमण देखिएपछि शुक्रबार नै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा राखिएको छ । शिशुको उपचारमा संलग्न भएका स्वास्थकर्मीहरुको पीसीआर परीक्षण हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्