Logo

धनगढीको जंगलमा भेटियो २ युवतीको लाश



Spread the love

प्रतीकात्मक तस्वीर

असार २०, काठमाडौं । धनगढीमको जंगलमा दुई युवतीको लाश भेटिएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका ७ स्थित बेली जंगलमा दुई युवतीको लाश भेटिएको हो ।

धनगढी ७ की १९ वर्षीया गोमा विक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रतिक विष्टले प्रारम्भिक अनुसन्धानमा दुबैजनाले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने बताएका छन् । लाशको छेउमै सेल्फास नामको विषादी पनि फेला परेको छ ।

लाशलाई पोस्टमार्टम गर्नका लागि अस्पताल पुर्याइएको छ । स्थानीयहरुले दुबैजना समलिंगी रहेको बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्