Logo

क्वारेन्टाइनबाट घर फर्किएकी महिलाको मृत्यु



Spread the love
प्रतीकात्मक तस्वीर

असार २०, काठमाडौं । कैलालीको गोदावरी नगरपालिका १० की ४८ वर्षीया महिलाको क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएको छ ।

उनी क्वारेन्टाइनकाे अवधि सकिएपछि घर गएकी थिइन् ।

ती महिला भारतबाट जेठ २६ गते स्वदेश आएकी थिइन् । महिलामा रक्तचाप र प्यारालाईसिसको बिरामी रहेको पाइएको छ ।

गोदावरी नगरपालिकाले कोरोना परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरी धनगढी प्रयोगशाला पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्