एजेन्सी । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
कुरैशीले सामाजिक सञ्जाल ट्विटरबाट कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिएका हुन् ।
उनले ट्वीट गर्दै लेखेका छन्,‘दिउँसो मलाइ हल्का ज्वरो आएजस्तो महसुस भयो अनि मैले आफूलाई तुरुन्तै होम क्वारेन्टाइनमा राखेँ । म कोरोना भाइरसबाट संक्रमित भएको छु । अल्लाहको कृपाले म आफूलाई बलियो र उर्जावान भएको महसुस गरेको छु । म घरबाटै आफ्नो जिम्मेवारी निभाउने छु । कृपया मेरो लागि प्रार्थना गर्नुहोस् ।’
प्रतिक्रिया दिनुहोस्