असार २०, काठमाडौं । तेह्रथुममा ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन् ।
जिल्लाको आठराई गाउँपालिका ५ छातेढुङ्गाको अकबरे चोकमा मे १ त ६२१९ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा ५५ वर्षीय ललित भुजेलको घटनास्थलमै र ४० वर्षीय श्याम मगरको उपचारको लागि फिदिम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी चौकी सक्रान्तिका प्रहरी निरीक्षक शेशकराम थानदारले बताएका छन् ।
दुर्घटनामा परी ह्वाकुका देवी अभिषेक डाँगी, इवाका पदम खवास, पदम इङ्नाम, शैलेस मग्रान्ती र युकेश बराइली घाइते भएका छन् ।
ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको आठराई गाउँपालिका ५ का वडासदस्य दिलकुमार कङदङले बताएका छन् । घाइतेहरुलाई उपचार गर्नका लागि फिदिम पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्