Logo

नेपालमा हालसम्म कुन जिल्लामा कति कोरोना संक्रमित ?



Spread the love

२० असार, काठमाडौँ। विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । एक महिना यता नेपालमा संक्रमण निकै देखिएको छ ।

अहिले नेपालका देशका सात प्रदेश कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

आज बिहान शनिबार कुनै पनि कोरोना संक्रमण भेटिएका छैन ने हिजो बुधबार थप ७४० संक्रमण भएका मध्य ३६ जिल्लामा कोरोना पुष्टि भएको छ ।

 २४ घण्टामा थप ७४० जनामा काेराेना संक्रमण देखिएका मध्य अछामका २३०, कैलालीका ५८, बाजुराका ५३, डोटीका ४७, कञ्चनपुरका ४५, बैतडीका ४०, रौतहटका २९, डडेलधुरा र झापाका २८/२८, सिराहाका २४, नवलपुरका १९, धनुषाका १६, बझाङका १४, दैलेखका १२ र बर्दियाका १० नवलपरासी, दाङ र तनहुँका ९/९, सप्तरी, कपिलवस्तु, सल्यान ८/८ सुर्खेत र महोत्तरीका ६/६ , उदयपुर र मोरङका ५/५ , पर्वतका ३, कास्की र पर्साका २/२, चितवन, सर्लाही, सिन्धुपाल्चोक, पाल्पा, कालीकोट, रोल्पा र बाग्लुङका १ /१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १५,२५९ पुगेको छ। तीमध्ये ६,१४३ जना निको भएको र ३२ जनाको मृत्यु भएको मन्त्रालयको जानकारी दिएको छ ।

नेपालमा ७७ जिल्लामा कोरोना संक्रमण देखिएको छ । सबै भन्दा धेरै जोखिममा रहेका जिल्ला रौटहट –१३९४, दैलेख –९२७, कपिलवस्तु-८५६, कैलाली -८२१, सर्लाही –६२७, महोत्तरी -६७३, दाङ- ६०४, पाल्पा -५२६, डोटी -५७०, अछाम -५५३, धनुषा -४७०, रुपन्देही ३१० र काठमाडौं ७० लगायतका जिल्ला रहेका छन् । यो तथ्यांक तयार पार्दासम्मको अपडेट:

कपिलवस्तु – ८५६
रौटहट – १३९४
दैलेख – ९२७
बाँके – ३८१
झापा – २७०
पर्सा -१६४
धनुषा -४७०
रुपन्देही -३१०
सर्लाही –६२६
सप्तरी – २२७
उदयपुर -६३
बारा -१०४
सुर्खेत – ३०१
दाङ- ६०४
सिरहा -२०५
महोत्तरी -६७३
सल्यान – २३१
जुम्ला -३१
कालिकोट- ५९
काठमाडौं -१०८
मोरङ -१४१
बर्दिया -१८८
धनकुटा-९
बैतडी – २७६
कैलाली -८२१
गुल्मी –३२४
चितवन -७८
भक्तपुर -२७
नवलपरासी-१०१
सुनसरी -८५
धादिङ -१३१
बाग्लुङ -२०२
मकवानपुर -१७
अछाम -५५३
अर्घाखाँची – २३१
स्याङ्जा -२००
खोटाङ – १०
भोजपुर -६
कञ्चनपुर -३०८
रामेछाप – १३
सिन्धुली –१४
लमजुङ -४९
ललितपुर -१४
नवलपुर – २४७
डडेल्धुरा –२५३
नुवाकोट- १७
दोलखा -४
सोलुखुम्बुमा-१
रुकुम पूर्व -४
दार्चुला-१७
म्याग्दी-१६
संखुवासभा-५
बाजुरा -५३७
तनहुँ -१३६
डोटी -५७०
पर्वत-८२
पाल्पा -५२६
प्युठान -३१३
ताप्लेजुङ -८
पाँचथर -५
सिन्धुपाल्चोक -३५
मुगु -२
बझाङ – १५७
हुम्ला -२
काभ्रे- ७
दोलखा- ३
गोरखा- ९८
कास्की – ५७
रोल्पा- ७९
जाजरकोट -१२
डोल्पा- ४
इलाम- १३
मनाङ १
रुकुमपश्चिम -१२
मस्ताङ- १०९
ओखलढुंगा- २
तेह्रथुम- ३
रसुवा -१०

प्रतिक्रिया दिनुहोस्