Logo

२४ घण्टा याता कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१९ असार, काठमाडाैं । नेपालमा थप ७४० जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । आज थप ३५ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

 २४ घण्टामा थप ७४० जनामा काेराेना संक्रमण देखिएका मध्य अछामका २३०, कैलालीका ५८, बाजुराका ५३, डोटीका ४७, कञ्चनपुरका ४५, बैतडीका ४०, रौतहटका २९, डडेलधुरा र झापाका २८/२८, सिराहाका २४, नवलपुरका १९, धनुषाका १६, बझाङका १४, दैलेखका १२ र बर्दियाका १० नवलपरासी, दाङ र तनहुँका ९/९, सप्तरी, कपिलवस्तु, सल्यान ८/८ सुर्खेत र महोत्तरीका ६/६ , उदयपुर र मोरङका ५/५ , पर्वतका ३, कास्की र पर्साका २/२, चितवन, सर्लाही, सिन्धुपाल्चोक, पाल्पा, कालीकोट, रोल्पा र बाग्लुङका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना सङ्क्रमितको कुल सङ्ख्या १५,२५९ पुगेको छ। तीमध्ये ६,१४३ जना निको भएको र ३२ जनाको मृत्यु भएको मन्त्रालयको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्